Aamsanchar

तुलसीपुरमा सामुदायिक रेडियोकर्मीलाई क्षमता विकास तालिम

Author Image
शुक्रवार, असार १०, २०७९

दाङ । दाङको तुलसीपुरमा सामुदायिक रेडियोमा कार्यरत पत्रकारका लागि क्षमता विकास तालिम शुक्रबार (आजदेखि) शुरु भएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अको¥याव) को प्राबिधिक सहयोगमा तुलसीपुरमा रहेको रेडियो हाम्रो पहुँचले सामुदायिक रेडियोकर्मीका लागि तीन दिने क्षमता विकास तालिम संचालन गरेको हो ।

तालिमको पहिलो दिन शुक्रबार रेडियोको व्यवस्थापनदेखि बजारीकरणमा भएका संभावनाको विषयमा तालिम प्रदान गरिएको रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेलले जानकारी दिनुभयो । सामुदायिक रेडियोलाई सबलरुपमा संचालन गर्नका लागि रेडियोमा कार्यरत पत्रकारलाई सक्षम बनाउन तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

तालिमको प्रशिक्षकमा सामुदायिक रेडियो संघ अको¥याबका म्यानेजर दिपक आचार्य रहनुभएको छ । उहाँले प्रशिक्षण दिदै रेडियोलाई बलियो बनाउन आर्थिक सवलिकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । रेडियोलाई आर्थिक रुपमा सक्षम बनाउन उहाँले बिज्ञापनको स्रोत, रेडियोको पहिचान, प्राविधिक पक्षलगायतका कुरालाई बसल बनाउनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा अको¥यावका केन्द्रिय सदस्य तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले संचारकर्मीकै कम सक्रियताले संभावना र अवसर गुम्ने गरेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा प्रशस्त अवसर र सम्भावनाहरु भएको भएकाले व्यावसायिक पत्रकारीतामा जोड दिनुपर्ने बताउनुभयो । रेडियोलाई सवलरुपमा संचालनका लागि तालिमले महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।

यस्तै अको¥यावका केन्द्रिय सदस्य संगित बस्यालले पछिल्लो समय पत्रकारले अनुसन्धानभन्दा अनुमानले समाचार लेख्दा पत्रकारिताप्रतिको विश्वास घट्दै गएको बताउनुभयो । उहाँले पत्रकार आफै दक्ष भएमात्र अनुसन्धानका बिषयमा कलम चलाउन सकिने बताउनुभयो ।

त्यस अवसरमा पत्रकार महासंघ दाङका सहसचिब दिप्तीशिखा चौधरीले रेडियो हाम्रो पहुँचले नै आफुलाइ बोल्न सिकाएर पत्रकार बनेर चिनाएको बताउनुभयो । यस्तै रेडियो प्रकृतिका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेतले पत्रकारीता गरिरहेका पत्रकारलाइ यो तालिमले सहयोग गर्ने बताउनुभयो । हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका लेखा समितिका संयोजक सुर्य शर्माले संचार माध्यममा पत्रकारलाई टिकाइ राख्नको लागि विशेष खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

तालिम पर्सि आईतबारसम्म सञ्चालन हुने छ । हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका शिक्षा तालिम उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षता एवं संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेलले गर्नु भएको हो । तालिममा रेडियो हाम्रो पहुँचसहित पश्चिम दाङका ५ वटा सामुदायिक रेडियाका रेडियोकर्मीको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
बुधवार, वैशाख ५, २०८१