Aamsanchar

भारतमा १०० दिन यताकै उच्च काेराेना संक्रमण, चौथो लहरको चेतावनी

Author Image
शनिवार, असार ११, २०७९

काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो । शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ । देशमा कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ ।
यसअघि बिहीबार १७ हजार ३३६ नयाँ सङ्क्रमित भेटिएका थिए भने १३ जनाको मृत्यु भएको थियो । देशमा उपचार गराइरहेका सक्रिय बिरामीको सङ्ख्या पनि बढेर ९० हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३५७ बिरामी निको भएका छन् ।
देशमा केसहरू बढ्दै गएपछि विज्ञहरूले फेरि चौथो लहरको चेतावनी दिइरहेका छन्। विज्ञहरूका अनुसार कोरोनाको चौथो लहर जुलाईमा आउने सम्भावना छ, जुन अक्टोबरसम्म रहन सक्छ । यसको शिखर अगस्तको वरिपरि हुन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर