Aamsanchar

समुदायका आवाजलाई अधिकतमरुपमा समेट्ने रेडियोकर्मीको प्रतिवद्धता

Author Image
सोमवार, असार १३, २०७९

तुलसीपुर । सामुदायिक रेडियोलाई समुदायमैत्री बनाउन नागरिकका जीवनशैलीसंग जोडिएका विषयलाई अधिकतमरुपमा समेट्ने तुलसीपुरमा सहभागी रेडियोकर्मीले प्रतिवद्धता जनाएका छन् ।

सामुदायिक रेडियो प्रशारक संघ काठमाण्डौको प्राविधिक सहयोगमा रेडियो हाम्रो पहुँच तुलसीपुरले आयोजना गरेको तीन दिने क्षमता विकास तालिमको समापन अवसरमा सहभागी सामुदायिक रेडियोकर्मीले सामुदायिक रेडियो समुदाय केन्द्रीत हुनुपर्र्नेे बताएका छन् ।

सहभागी रेडियोकर्मीले बढ्दो प्रविधिको विकाससंगै रेडियोको चुनौति बढ्दै गएको अवस्थामा सामुदायिक रेडियोकर्मीले नागरिकको जीवनशैलीसंग जोडिएका विषयलाई महत्वका साथ उठाउनुपर्नेमा बताएका छन् । उनिहरुले सबै नागरिकलाई रेडियोसंग जोड्न प्रविधिसंग जोड्नुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पत्रकारले राजनैतिक परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले समाज रुपान्तरणका लागि समाजमा हुने हरेक असल र खराब कुराको बिषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनुभयो ।

नगरप्रमुख खड्काले पत्रकारिता पेशालाई मर्यादित र बिस्वासिलो पेशा बनाउन पत्रकारले सत्य तथ्य बुझेर मात्रै कलम चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक सामुदायिक रेडियो प्रसारक संघ सिआईएनका म्यानेजर दिपक आचार्यले नेपालको परिपेक्षमा सुचनाको भरपर्दो माध्यम रेडियो नै भएको बताउनुभयो ।

उहाँले संचार माध्यमहरुमा गरिएको सर्वेक्षणमा सबैभन्दा वढि प्रयोग गरिने संचार माध्यमको रुपमा रेडियो रहेको हुदा रेडियो सुन्ने ब्यक्ति घटे भनेर चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीका तर्फबाट सामुदायिक रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी, सामुदायिक रेडियो प्रकृतिका बजार प्रमुख प्रेमा कुमारी मगर सामुदायिक रेडियो पाठशालाका प्रशासन प्रमुख गोपालप्रसाद उपाध्याय लगायतकाले सामुदायिक रेडियालाई समुदायमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको सहजिकरण रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)