Aamsanchar

लन्डनको हेजबाट एक नेपाली बेपत्ता

Author Image
मङ्गलवार, असार १४, २०७९

काठमाडौं – लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । उनी पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए । त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ ।उनका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४/२१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर