Aamsanchar

तिब्बतको उच्च क्षेत्र नाग्कुका १७ हजारभन्दा धेरै मानिसलाई स्थानान्तरण गरिने

Author Image
मङ्गलवार, असार १४, २०७९

तिब्बतको उच्च क्षेत्र नाग्कु शहरका १७ हजार भन्दा धेरै मानिसलाई स्थानान्तरण गरिने भएको छ । त्यहाँका १७ हजार ५ सय ५५ मानिसलाई शानन शहरमा सार्ने तयारी भैरहेको तिब्बती अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

समुद्री सतहभन्दा ४ हजार ५ सय मिटरमाथिको औसत उचाई भएका ठाउँबाट स्थानीयबासिन्दालाई ३ हजार ६ सय मिटरको उचाई रहेको शानन शहरमा स्थानान्तरण गर्न लागिएको हो । मानिसको जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्ने स्थानीय कार्यक्रम अन्तर्गत उनीहरूलाई स्थानान्तरण गर्न लागिएको खबरमा उल्लेख छ ।

चिनियाँ राष्ट्रपतिको गरिबी निवारण कार्यक्रमले विकासको पूर्वाधार पुर्‍याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकीकृत बस्ती बनाई उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीति छ । तिब्बतको एक सयभन्दा बढी शहरमा सञ्चालित स्थानान्तरण योजनाले विगत आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको कार्यक्रमको दाबी छ । तिब्बत चीनको स्वायत्त क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर