Aamsanchar

कोदो रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न झापा जिल्लास्तरीय प्रवर्द्धन समिति गठन

Author Image
सोमवार, असार २०, २०७९

अर्जुनधारा- परम्परागत मदिरा (कोदो रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सोमबार झापा जिल्लास्तरीय प्रवर्द्धन समिति गठन भएको छ ।

प्रवर्द्धन समितिको संयोजकमा शर्मिला आङ्दम्बे रहेकी छन् । उनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको हो । झापा जिल्लाभरिका सबै जातिलाई मिलाएर उक्त समिति निर्माण भएको जनाइएको छ ।

प्रवर्द्धन समितिको गठन चारआलीको चुम्लुङ भवनमा भएको हो ।प्रवर्द्धन समितिले कार्यक्रम गर्नुभन्दा अघि एक कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्नसके आयआर्जनको मूख्य माध्यम बन्ने कुरा प्रस्तुत गरेको थियो ।
प्रवर्द्धन समितिकी सदस्य शर्मिला सिङ्घकले उक्त कार्यपत्र प्रस्तुत गर्दै झापामा मात्र होइन, प्रदेश नं. १ को १४ वटा जिल्लामा कार्यसमिति निर्माण गर्दै जाने र प्रदेशको प्रवर्द्धन समितिमा सबै जिल्लाको सहभागिता रहेको बताइन् ।

सिङ्घकले प्रस्तुत गरेको कार्यपत्रमाथि बुद्धिजीवि देशु वनेम, फोनिजका दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठलगायतले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न ल्याइएको प्रतिवेदनमाथि आ–आफ्नो सुझाव राखेका थिए ।


छलफलमा बुद्धिजीवि आरभी पालुङ्वा, लालबहादुर थेवे, इन्द्रकुमार श्रेष्ठ, समर राई, चिजा राई, पाण्डपलाल चौधरी, धनप्रसाद गुरुङ,अग्नीमाया मेचे, सबिना राजवंशी, ओमप्रकाश खापुङलगायतले कोदोको रक्सी र आयआर्जनका विषयमा आ–आफ्नो विचार राखेका थिए ।
प्रवर्द्धन समितिका प्रदेश १ का संयोजक टेकबहादुर खजुमले प्रदेश नं. १ को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आयआर्जनको रुपमा लैजाने गरि परियोजना पास गरिएको जानकारी गराएका थिए ।

उनले उक्त परियोजना निर्माणका लागि प्रवर्द्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्व सामाजिक मन्त्री तथा कोदोको रक्सीका अभियन्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गामलगायतलाई ज्ञापनपत्र बुझाएको बताए ।
कार्यक्रममा प्रवर्द्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभालगायतका जिल्लाबाट प्रवर्द्धन समितिमा जोडिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर