Aamsanchar

सुकुटे रिसोर्टमा युवती बलात्कृत, ३ जना पक्राउ

Author Image
मङ्गलवार, असार २१, २०७९

सिन्धुपाल्चोकको सुकुटेमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । असार १८ मा चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बिच एडभेन्चर क्याम्प रिसोर्टको टेण्टमा आफूमाथि बलात्कार भएको युवतीको आरोप छ ।

बलात्कार आरोपमा प्रहरीले काठमाडौंको कलंकी बस्ने १८ वर्षीय प्रिन्स थपलिया, रुस कार्की र २६ वर्षका सुलभ क्षेत्रीलाई पक्राउ गरेको छ । रिसोर्टमा २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको सिन्धुपाल्चोकका एसपी रामेश्वरप्रसाद यादवले बताए ।

बिहान ३ बजे टेण्टमा सुतिरहेको बेला आफु बलात्कृत भएको पीडित युवतीले प्रहरीलाई बताएकी छिन् । युवती छुट्टै ९ जनाको समूहमा घुम्न गएकी थिइन् । आरोपीहरुमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी यादवले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 561

प्रतिक्रिया (०)

सम्बन्धित खबर