Aamsanchar

डर धम्की देखाएर रकम माग गर्ने २ जना पक्राउ

Author Image
मङ्गलवार, असार २१, २०७९

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले डर धाक धम्की दिई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका-४ कञ्चनबारी बस्दै आएका ३९ बर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे-६ का २६ बर्षीय विशाल ऋषिदेव रहेका छन ।

उनिहरुले बिराटनगर-३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आईरहेका थिए । असार १७ गते सुक्रवार शर्माले मोरङको पथरीशनिश्चरे-६ हसन्दह स्थित रहेको क्ष्ःभ् मा उनिहरुलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उक्त स्थानमा खटिएको प्रहरी टोलीले क्ष्ःभ् मा पठाएको नगद रकम २५ हजार सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।

ऋषिदेव पक्राउ परे सगै संलग्न कार्कीलाई समेत नियन्त्रणमा लिई दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)