Aamsanchar

फेरि बढ्न थाल्यो भारतमा कोरोना सङ्क्रमण, २४ घण्टामा १६ हजारभन्दा धेरै सङ्क्रमित

Author Image
मङ्गलवार, असार २१, २०७९

काठमाडौं – भारतमा कोरोना भाइरसको सङ्क्रमण दर दैनिक रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २४ जनाले ज्यान गुमाएका छन् । भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

भारतमा सन् २०२१ को जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । अहिलेसम्म १ अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर