Aamsanchar

तेह्रथुमलाई ‘ढाकाको राजधानी’ घोषणा

Author Image
मङ्गलवार, असार २१, २०७९

तेह्रथुम – तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले संयुक्त कार्यक्रम गरी जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो ।

कार्यक्रममा स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुसमेत प्रदर्शन गरिएको थियो । लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको रुपमा परिचित हुँदै आएको छ । जिल्लामा उत्पादित ढाका कपडाको प्रवर्द्धन गरि ढाका उद्योगको विकास, विस्तार र बजारीकरण गर्ने उद्देश्यले जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।

स्थानीय स्तरमा ढाका व्यवसास गर्दै आएका व्यवसायीहरु कच्चा सामाग्री अभावका साथै उचित बजार नहुँदा वर्षौदेखि समस्या भोग्दै आएको ढाका व्यावसायी शोभा दाहालको गुनासो छ ।

तेह्रथुममा उत्पादित ढाका कपडा नेपालकासाथै विश्वका विभिन्न मुलुकहरुमा निर्यात हुँदै आएको छ । ढाकाको राजधानी घोषणासँगै व्यवसायीको समस्याहरुमा सरकारको ध्यान जाने व्यावसायी चन्दा लिम्बुको आशा छ ।

हातैले बनाईएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय भएकाले ग्राहकहरुको माग बढ्दै गएको छ । म्याङ्लुङ नगरपालिकाका मेयर सञ्जय तुम्बाहाम्फेले बजार केन्द्रसँगै गाउँ गाउँमा ढाका व्यवसाय संचालन गर्ने र त्यसको बजारीकरण नगरपालिकाले गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)