![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2022/07/New-Project-2022-07-05T101007.129.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता भएको हो । खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ । ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गामा स्थगित भएको चुनाव पर्सि हुँदैछ ।
वैशाख ३० गते मतदानका क्रममा विवाद भए पछि बसेको सर्वदलीय बैठकमा असार २३ गते चुनाव गर्ने सहमति भएको थियो । यसअघि २०७४ सालमा तीन चरणमा भएको चुनावमा झन्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता पौडेलका अनुसार यसपालि निर्वाचन सामग्री खरिद र ढुवानीमा मितव्ययीता तथा मतदाता शिक्षामा घरदैलो नगर्दा विगतमा भन्दा केही खर्च घटेको हो ।