Aamsanchar

हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा मासु बेच्ने पक्राउ

Author Image
मङ्गलवार, असार २१, २०७९

नयाँ दिल्ली –  उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।

केही मानिसहरुले आइतबार तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी-देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको उजुरी गरेका थिए। प्रहरी टोली पसलमा पुगेपछि तालिब हुसैनले उनीहरूमाथि छुरी प्रहार गरेका थिए।

तालिब हुसैनलाई आईपीसीको धारा १५३-ए, २९५-ए र ३०७ अन्तर्गत मुद्दा लगाइएको छ। यस विषयमा अनुसन्धान भइरहेको सम्भल प्रहरीले जनाएको छ। बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर