Aamsanchar

खरेलको क्यामरामा सेतो बगाले भ्याकुर ‘चरा’ पहिलो पटक कैद

Author Image
मङ्गलवार, असार २१, २०७९

झापा मेचीनगरका चरा बन्यजन्तु फोटोग्राफर तथा फोटो पत्रकार देवेन खरेलले आफ्नो क्यामरामा पहिलो पटक सेतोे बगाले भ्याकुर चरालाई कैद गर्न सफल भएका छन् ।

दुई दिन अघि कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र नजिक नेपाल फोटो पत्रकार महासंघ प्रदेश १ को पहिलो अधिवेशनमा भाग लिन पुगेको बेला उक्त चराको फोटो खिचेको खरेलले बताए ।
उनले भने ‘असार २० गते विहान आरक्ष क्षेत्र भित्र निख्खुर सेतो वगाले भ्याकुरको तस्विर खिचेका हु् ।’ ‘चरामा आफ्नो पहिचानको प्वाँखको खास रङ वाहेक सेतो मात्र रङ हुनु आनुवाँशीक गुणमा आएको गडवढीले यस्तो हुन्छ र यो हजारौं चराहरु मध्येमा कुनै एकमा हुन सक्छ ।’

खरेलले खुसी व्यक्त गर्दै भने ‘आनुवाँशीक गुणमा आएको गडवढीले कहिलेकाहीँ गज्जव रङका जिवजन्तुहरु तथा पंक्षीहरु देखा पर्दछन् । तिनीहरु समान्य सहजै भेटिने तथा देखिने परिवारकै भएपनि अनौठा या रोचक देखिन्छन्, उदाहरणका निम्ती यही सेतो वगाले भ्याकुरको रङ निर्धारण गर्ने विशेष जीनमा आएको गडवढीले यस्ता गडवढीहरु हुन्छन् भनिन्छ । चराहरुकामा पनि त्यस्तो हुँदोरहेछ, एक हप्ता अघि कैलाली जिल्लामा फोटोग्राफर कुलराज चौधरीले सेतो घर भँगेराको तस्विर खिँचेर चर्चामा ल्याएका थिए ।’

फोटोग्राफर खरेल विगत ६ बर्ष देखि निरन्तर चराको खोज अनुसन्धानमा लाग्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर