Aamsanchar

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे मृत्यु, २४ जना घाइते

Author Image
मङ्गलवार, असार २१, २०७९

रामेछाप – रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् ।

रामेछापकाे सुनापथी गाउँपालिकाकाे हिलेदेवीबाट काठमाण्डाैकाे लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरकाे बस खाँडादेवि गाउँपालिका-१ काे लुभुघाटमा दुर्घटनामा परेकाे हाे ।

ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयाे ।

तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे तामाङले बताउनु भयाे ।

अहिले शव सङ्कलन र उद्धारकाे कार्य भइरहेकाे उहाँले बताउनु भयाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर