Aamsanchar

कनकाईमा कृषकलाई मोटर वितरण, उज्यालो नगर घोषणाको तयारी

Author Image
मङ्गलवार, असार २१, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले नगरका कृषकहरुलाई अनुदान स्वरुप सिंचाई गर्ने मोटर निशुल्क वितरण गरेको छ । आज कनकाई नगरपालिकामा आयोजित एक कार्यक्रमका विच कृषकहरुलाई १सय ६ थान पानी तान्ने सिचाई मोटर वितरण गरिएको हो ।

हेपर प्रोजेक्टको सहयोग, अभियान नेपालको सहजीकरणमा प्रती मोटर  १७ हजार ४ सय लागत मुल्य परेको मोटर कनकाई नगरपालिका आर्थिक समितिको निर्णय अनुसार वितरण गरिएको कनकाई नगर साझेदारीमा कृषि तथा पशु पालन उद्यम विकास परियोजनाका कार्यक्रम संयोजक हरि सिलवालले बताए ।

कनकाई नगरपालिकाले विगतका बर्षमा पनि मोटर वितरण गर्दै आएको र यस पटक गरी नगरपालिका मार्फत ३ सय ४० वटा मोटर वितरण गरिसकिएको र आगामी दुई बर्ष भित्रमा नगरका सबै इच्छुक कृषकहरलाई मोटर वितरण गर्ने लक्ष रहेको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले भनाई रहेको छ । पोखरेलका अनुसार ‘मोटर वितरण गर्नु पूर्व पनि नगर र वडाको कृषि समितिले अनुगमन गरेर कृषक छनौट गरेको थियो, अब मोटर जडानमा पनि अनुगमन हुने छ । नगरले बनाएको मापदंण्डका आधारमा मोटर वितरण गरिएको हो । मोटर पाउनको लागि कृषकले पहिले नै बोरिङ गरेको हुनुपर्ने हुन्छ, प्राविधिक कारणले बोरिङ जडानको काम नभएको भए तुरुन्त जडान गर्नुपर्ने, १ सय ५० मिटर भन्दा कम दुरीमा विद्युत लाईन भएको हुनु पर्नेलगायतको मापदंण्ड रहेको छ । नगरमा हाल सम्ममा व्यक्तिगत रुपमा ३ सय देखि ४ सय मोटर पहिले नै जडान भई सकेको छ । आगमी बर्षमा ६ सय कृषकलाई मोटर प्रदान गर्नुपर्ने नगरपालिकाले प्रक्षेपण गरेका छ ।’

कनकाईमा मोटर वितरण त गरियो तर विद्युत भोल्टेजको समस्या रहेको छ यो समस्यालाई कसरी समाधान गर्नु हुन्छ भनेर नगरप्रमुख पोखरेललाई आमसंचारले गरेको प्रश्नमा पोखरेलले भने ‘कनकाईलाई दुई महिना भित्र उज्यालो नगर घोषणा गर्ने तयारी गरिएको छ । नगर भित्र आधा दर्जन जती ट्रान्सफर्मरहरु कम्जोर अबस्थामा रहेको छ, त्यस्ता ट्रान्सफर्मर मर्मत तथा क्षमता वृद्धि हुने खालका नयाँ ट्रान्सफर्मर जडान गर्नको लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संग कुरा भएको छ, उहाँले कनकाई नगरलाई उज्यालो नगर बनाउन सहयोग गर्ने प्रतिवद्धता गर्नु भएकोले कनकाईमा भोल्टेजको समस्या हलहुने छ ।’

मोटर वितरण कार्यक्रममा नगरप्रमुख पोखरेलसहित उप–प्रमुख आशा शर्मा सिवाकोटी, वडाध्यक्षहरु, वडासदस्यहरु र कर्मचारीहरुले मोटर वितरण गरेका थिए ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
1
+1
0
+1
1
+1
3
+1
0
Views: 1358

प्रतिक्रिया (०)

सम्बन्धित खबर