सुनसरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह (आरआईटी) बाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७८।०३।२२ गतेको फैसलाले मानब बेचबिखन ओसारपसार मुद्धामा १० बर्ष कैद र ५० हजार रुपैया जरिवाना असुल गर्न बाँकी रहेकी सुनसरी धरान–१६ की ४६ बर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरीएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जनाकारी दिए ।
पक्राउ परेकी लिम्बुलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
2
+1
1
+1
+1
+1
+1
1
Views: 67