Aamsanchar

हराएका ३ वर्षीय बालककाे दुई सातापछि उद्धार, चाेरी गर्ने महिला पक्राउ

Author Image
मङ्गलवार, असार २१, २०७९

जनकपुरधाम : जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले दुई सातापछि उद्धार गरेको छ। अपहरणमा परेका भारत सीतामढी बैरगनिया प्रखण्ड घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-७ भमरपुराचोकस्थित एक घरमा डेरा बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गरेको हो।

बालक अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका-४ बस्ने ५५ वर्षीया मैथुन खातुन रहेकी छन्।

उनलाई घरबाटै मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए। गत असार ६ गते बिहान घरअगाडि खेल्न कोठाबाट बाहिर निस्किएका बालक बेपत्ता भएका थिए।

प्रहरीलाई जानकारी हुनेबित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा अपहरणमा संलग्न महिलालाई घरबाटै पक्राउ गरेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर