Aamsanchar

नक्कली नोटसहित २ जना पक्राउ

Author Image
मङ्गलवार, असार २१, २०७९

काठमाडौं – फर्पिङ चेक पोइन्टमा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

दक्षिणकाली नगरपालिका- ५ फर्पिङ चेक पोइन्टमा जाँच गर्ने क्रममा सर्लाहीका प्रमोद ठाकुर र गंगाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु सर्लाहीबाट काठमाडौ आउँदै गर्दा पक्राउ परेका हुन्।

उनीहरुको साथबाट सिरियल नं. झ ७३६३६७०३, झ १९७९१४४४ र झ ३७५३०६६९ नं.को हजार दरको नेपाली नक्कली रुपैयाँ २७ थान नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरुमाथि मुलुकी अपराध सहिंताको मुद्रासम्बन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर कीर्तिपुर वृत्तले अनुसन्धान गरिरहेको काठमाडौंका प्रहरी प्रवक्ता प्रवक्ता निरञ्जन दत्त भट्टले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)