Aamsanchar

आजको मौसम

Author Image
बुधवार, असार २२, २०७९

काठमाडौं। मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ।

प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान आगामी तीन दिनको मौसम मौसम विश्लेषण गर्दै जारी गरेको पूर्वानुमान बुलेटिनमा आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

राती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर