![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2022/07/New-Project-2022-07-06T104846.797.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं – बेलायतमा रक्षामन्त्री र स्वास्थ्य मन्त्रीले एकसाथ पदबाट राजीनामा दिएका छन् । रक्षा मन्त्री कृषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि बेलयती प्रधानमन्त्री बोरिस जोन्सन अप्ठेरोमा पर्नुभएको छ । दुवै मन्त्रीले प्रधानमन्त्री जोन्सनसँग काम गर्न सहज वातावरण नभएको भन्दै राजीनामा दिएका हुन् । यी दुई मन्त्रीको राजीनामासँगै गत महिना अविश्वासको प्रस्तावबाट बच्नु भएका प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको दवाव बढेको छ ।
यसअघि यौन दुराचारको आरोप लागेका सांसद क्रिस पिंचरलाई बढुवा गरेको भन्दै प्रधानमन्त्री जोन्सनको ब्यापक आलोचना भएको थियो । सोही घटनालाई लिएर रक्षा र स्वास्थ्य मन्त्रीले राजीनामा दिएको अनुमान गरिएको छ । गत महिना बेलायतको सत्ताधारी कन्जरभेटिभ पार्टीका ५० भन्दा बढी सांसदहरुले प्रधानमन्त्री जोन्सनको राजीनामा माग गरेको थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)