Aamsanchar

चीनमा फेरी बढ्याे कोरोना संक्रमण दर , सियान शहर लकडाउन

Author Image
बुधवार, असार २२, २०७९

काठमाडाैं – चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ ।

सोही शहरमा प्रत्येक दिन १८ जना काेराेनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको सियान शहरका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् ।

गत वर्षको अन्त्यमा ऐतिहासिक शहर सियानमा एक महिना लामो लकडाउन गरिएको थियो । कोभिडको ओमिक्रोन सव भेरियन्टबाट जोगिन लकडाउन गरिएको चीन सरकारले जनाएको छ । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा पनि देखिएको थियो ।

लकडाउनको अवधिभर पव, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जनका स्थलहरु बन्द हुने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर