Aamsanchar

भारतमा खाना पकाउने ग्यासको मूल्य बढ्याे

Author Image
बुधवार, असार २२, २०७९

नयाँ दिल्ली – भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य बढेको छ। ग्यस प्रति सिलिन्डर ५० भारुले बढेको हो। बढेको मूल्य आजैदेखि लागू हुनेछ ।

समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ ।

त्यसै गरी ५ केजी एलपीजी ग्यासको मूल्य पनि एक सिलिन्डरको भारु १९ ले बढेको छ भने १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्यमा भने साढे आठ रुपैयाँ घटेको छ । गत साता पनि व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो । बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 467

प्रतिक्रिया (०)

सम्बन्धित खबर