नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनको हार बेहोरेको छ। योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ।
जितका लागि १ सय ८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमा अल आउट भयो। नेपालका लागि देव खनालले ४९ बलमा २ चौकासहित २६ रन बनाए।
बसिर अहमद ४१ बलमा १३ र विनोद भण्डारी २३ बलमा १ छक्कासहित १३ रनमा आउट भए। आदिल अन्सारी १३ र सन्दीप लामिछाने ११ रनमा आउट भए।
करण केसी पाँच रनमा अविजित रहे। क्यानाडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले दुईरदुई विकेट लिए।
त्यसअघि किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।
क्यानडाका आरोन जोनसनले ५५ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए। अमर खालिद ३६ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे। भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। बसिर अहमद, आदिल अन्सारी र करण केसीले एकरएक विकेट लिए।
नेपाल अब स्कटल्यान्ड जानेछ। नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडीआई सिरिज हुनेछ।