Aamsanchar

हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा शव भेटियाे

Author Image
बिहिवार, असार २३, २०७९

विराटनगर – मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा बिहीबार बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०–४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोलाले मानिसलाई बगाइरहेको देखेपछि बिहान ७ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक मोहन पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । खोलाबाट बाहिर निकालेर शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याउने तयारी गरिएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनसार शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । ‘खोलाले बगाउँदै गरेको पुरुषको शव सडेर दुर्गन्धित भएको अवस्थामा फेला पारिएको हो,’ उनले भने, ‘मृतकको पहिचान खुलिसकेको छैन ।’ मृतकको पहिचानको प्रयास भइरहेको र घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर