Aamsanchar

सुनको भाउ घट्याे

Author Image
बिहिवार, असार २३, २०७९

काठमाण्डाै – सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै घट्न  सक्ने सम्भावना छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१
नेपाली बजारमा सुनको भाउ
बिहिवार, वैशाख २०, २०८१