Aamsanchar

संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई प्रहरीको सुझाव

Author Image
बिहिवार, असार २३, २०७९

काठमाडौं –नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ ।

केन्द्रीय सुरक्षा समितिको वैठकमा प्रहरीले यस्तो सुझाव दिएको छ । दुई चरणमा गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने प्रहरी ठहर छ ।

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

यसअघि ०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो भने ०७९ वैशाख ३० मा एकै चरणमा स्थानिय तह निर्वाचन गरिएको थियो ।

प्रहरीका एक उच्च अधिकारीले भने,“यसपालि एकै चरणमा स्थानीय तहको निर्वाचन गर्दा सुरक्षा व्यवस्थापनमा निकै समस्या भयो । भगवान भरोसामै चुनाव भयो । तर सधैं यसरी हुँदैन । सुरक्षा चुनौती आउन सक्छन् । यसका लागि चाहिए जति जनशक्ति हामीसँग छैन ।”

आफुहरुले सुझाव दिएको र त्यसलाई मान्ने नमान्ने काम सरकारको भएको प्रहरी अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर