Aamsanchar

गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै हस्ताक्षर अभियान

Author Image
बिहिवार, असार २३, २०७९

धनकुटा – गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै जिल्लामा बृहत् हस्ताक्षर अभियान सुरु भएको छ ।

गाँजा वैधानिक महाअभियान नामक समूहले धनकुटा सदरमुकामको मदनचोकबाट हस्ताक्षर अभियान सुरु गरेको हो । हस्ताक्षर अभियानमा संघीय सांसद, प्रदेश सांसद, व्यवसायी, विद्यार्थी लगायत सहभागी भएको अभियानका संयोजक तीर्थ राईले जानकारी दिनुभयो ।

गाँजा बाट विभिन्न प्रकारका औषधि, तेल, कपडा, जुत्ता बन्ने भएकोले त्यसबाट हजारौंले रोजगारी पाउने देशकै आर्थिक समृद्धि हुने अभियानको माग छ ।

जिल्लाभर हस्ताक्षर अभियान संकलन गरी नेपाल सरकारलाई बुझाउने गाँजा वैधानिक महाअभियान, खाल्सा छिन्ताङ्ग धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 368

प्रतिक्रिया (०)

सम्बन्धित खबर