धनगढी – कञ्चनपुरको बेलौरी नगरपालिका–७, पौलाहमा भएको एम्बुलेन्स दुर्घटनामा तीन महिला घाइते भएका छन् । दुर्घटनामा परी बेल्डाँडी गाउँपालिका–४ बैवाहकी २४ वर्षीया अनिता खत्री घाइते भएकी छन् । उनको तीनदिने मृत शिशु पनि अस्पतालबाट सोही एम्बुलेन्समा रहेको इलाका प्रहरी कार्यालय बेलौरीका वरिष्ठ प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले बताए ।
दुर्घटनामा घटनामा मृतक शिशुका आमा अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीया माघी खत्री घाइते भएको वरिष्ठ प्रहरी नायव निरीक्षक बुढाथोकीले बताए । धनगढीबाट बेल्डाँडी गाउँपालिका–४ बैवाहतर्फ गइरहेको म। १ च ६३१ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर आज दिउँसो पौहालस्थित रामबहादुर रानाको गोठमा ठोक्किएको बुढाथोकीले बताए ।तीन दिनअघि धनगढीस्थित सेती अस्पतालमा बच्चा जन्माएकी अनिता बिहीबार कुरुवासँगै घर फर्किरहेकी थिइन् । घाइतेहरूको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको छ ।