Aamsanchar

नाडालले विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने

Author Image
शुक्रवार, असार २४, २०७९

काठमाण्डाै – स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन् ।  क्वाटरफाइनलको खेलका क्रममा घाइते भएका नाडालले  निको नभएपछि सेमिफाइनल नखेल्ने घोषणा गरेका बीबीसीले जनाएको छ । उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो ।

२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित बनाएको बताएका छन् ।

नाडालले यसै वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । निकले भने अब उपाधिको लागि पर्सि आइतवार नोभाक जोकोभिच वा क्यामरुन नोरीसँग खेल्नेछन् ।

महिलातर्फ ट्युनिसियाकी ओन्स जाउबेर र कजाकिस्तानकी एलेना रिबाकिना फाइनलमा पुगेका छन् ।

ट्युनिसियाकी जाउबेरले ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिलो अरेबियन महिलाको कीर्तिमान समेत बनाएकी छिन् ।

यस्तै, रिबाकिना पनि महिला सिङ्गलतर्फ कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा पुग्ने कजाकिस्तानकी पहिलो महिला खेलाडी बनेकी बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर