Aamsanchar

झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एकजना पक्राउ

Author Image
शुक्रवार, असार २४, २०७९

झापा : झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका– ६ निवासी २४ वर्षीय शैलेश सापकोटा रहेको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए।

गत असार ९ गते भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हत्या भएको थियो। उनको शव असार १२ गते अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी साहसी टोलभित्रको ह्युमपाइपमा फेला परेको थियो। हत्या गरी शवलाई बोरामा राखेर त्यहाँ फ्याँकिएका थिए।

हत्यामा संलग्न अर्जुनधारा नगरपालिका-७ स्थित डाँडागाउँ निवासी ३२ वर्षीया जानुकादेवी थापा, सोही ठाउँका ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका-१० निवासी २५ वर्षीय सुरेश परियारलाई असार १९ गते पत्रकार सम्मेलन गरी प्रहरीले  सार्वजनिक गरिसकेको छ। घटनामा संलग्न सापकोटा चाहिँ फरार थिए।

प्रहरीले सापकोटालाई शुक्रवार भारतको सिक्किमबाट पक्राउ गरेको हो। सापकोटा जानुकाकी फुपूका छोरा हुन्। जानुकासँग सम्बन्धमा रहेका नरेश कुमारलाई उनले नै योजना बनाएर मारेका हुन्। जानुकाले नरेशलाई मार्न ५ लाखको सुपारी दिएकी थिइन्।

जानुकाकै घरमा गएका वेला नरेशकुमारलाई मादक पदार्थ सेवन गराई कुटपिटसँगै परियार र सापकोटाले फलामको मार्तोलले शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर