Aamsanchar

संखुवासभामा मलामी बाेकेकाे ट्याक्टर दुर्घटना : मृतककाे संख्या ३ पुग्याे

Author Image
शनिवार, असार २५, २०७९

संखुवासभा : चैनपुर नगरपालिका –१० मा ट्र्याक्टर दुर्घटना परेका थप एकजनाको छ। इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको हो। उपचारका क्रममा धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति उनको मृत्यु भएको हो।

शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको को २ त ३९६१  ट्र्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परको थियो। दुर्घटनामा चैनपुर नगरपालिका –१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको थियो।

तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइतेलाई ७ जनालाई धरान पठाइयो

दुर्घटनामा परेर गम्भीर घाइते भएका सातजनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

चैनपुर–१० की कौशिला अधिकारीको दाहसंस्कार गरी मलामी बोकी फर्किने क्रममा ट्र्याक्टर दुर्घटनामा परको हो। अचानक​ लोडपिन भाँचिई ट्र्याक्टर ​सडकको बाँयातर्फ पल्टिएको प्रहरीले जनाएको छ। सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)