Aamsanchar

२ लाख ८८ हजार भन्दाबढीकाे अवैध सुपारीसहित पिकअप झापा प्रहरीको नियन्त्रणमा

Author Image
शनिवार, असार २५, २०७९

झापा- झापाको मेचिनगर नगरपालिका-५ स्थित तिरिङ-काँकरभिट्टा सडक खण्डबाट प्रहरीले अवैध सुपारी सहित सवारी साधन बरामद गरेको छ । आज बिहान पौने ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकरभिट्टा तर्फ आउदै गरेको मे.१च ४९८० नम्वरको पिकअप गाडी चेक जाँच गर्दा करिव ७ सय के.जि. अवैध सुपारी अन्दाजी २ लाख ८८ हजार ४ सय रुपैया मुल्य बराबरको बरामद गरेको हो ।
बरामद गरिएको उक्त सुपारी, सवारी साधन र चालक ४८ बर्षीय दान बहादुर पोख्रल समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 541

प्रतिक्रिया (०)

सम्बन्धित खबर