Aamsanchar

राइबाकिनालाइ विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि

Author Image
आइतवार, असार २६, २०७९

काठमाण्डाै – कजाकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।

हिजो भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।

१७औँ वरियताकी राइबाकिनाले जाबेरलाई ३–६, ६–२ र ६–२ ले पराजित गरिन् । २३ वर्षीय राइबाकिनाको यो करियरकै पहिलो ग्रान्डस्लाम उपाधि हो ।

यस्तै, उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने कजाकिस्तानको पहिलो खेलाडी समेत बनेकी छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर