Aamsanchar

बिर्तामोड–शनिश्चरे सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

Author Image
आइतवार, असार २६, २०७९

झापा –बिर्तामोड–शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । उनी सवार बा४२प १२८ नम्बरको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ ।

दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)