Aamsanchar

होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला

Author Image
आइतवार, असार २६, २०७९

बुटवल – बुटवलको गोलपार्कस्थित एक होटेलमा एक पुरुषसँगै बास बसेकी युवती मृत फेला परेकी छन् ।

पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । होटेलको कोठा नंं १०५ मा बस्न सदीक्षा नै आएर रुम बुक गरेकी थिइन् ।मृतकका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् ।सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले युवकको परिचय भने खुलाएको छैन । उनी घटनापश्चात फरार भएका थिए ।अनलाईनखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 431

प्रतिक्रिया (०)