Aamsanchar

सुनचाँदीको मूल्य बढ्याे

Author Image
आइतवार, असार २६, २०७९

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर