Aamsanchar

नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् गर्ने ४ ट्रिपर र ५ ट्रयाक्टर नियन्त्रणमा

Author Image
आइतवार, असार २६, २०७९

मोरङ- मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा लिएको छ  । आज मोरङको केराबारी गाउँपालिका-३ स्थित रहेको हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुंगा लोड भएको को.१ त ५२५३, मे.१ त ५१०५ र को. २ त ७७८२ नम्वरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
यसै गरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका-४ स्थितबाट अवैधरुपमा ढुंगा बोकी लादै गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १-०२-००१ ख ८६९५, प्रदेश १-०२-००१ ख ८५५२ नम्वरको टिफर र प्रदेश १-०४-००१ त ४२०, प्रदेश १-०१-००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 378

प्रतिक्रिया (०)