Aamsanchar

जोकोभिचलाई पुरुषतर्फको विम्बल्डन टेनिसको उपाधि

Author Image
सोमवार, असार २७, २०७९

काठमाण्डाै – सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । योसँगै उनले सातौँ पटक विम्बल्डनको उपाधि जितेका छन् ।

लण्डनमा रहेको सेन्टर कोर्टमा भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । जोकोभिचले निकमाथि ४–६,६–३,६–४ र ७–६ (७–३) को सेटमा जित निकाले ।

जोकोभिचको यो २१औँ ग्रान्डस्लाम उपाधि हो । उनले सन् २०१८, २०१९, २०२१ र २०२२ मा भएको प्रतियोगितामा पनि उपाधि जितेका थिए । सन् २०२० मा भने कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता भएको थिएन ।

यस्तै, महिलातर्फको उपाधि कजाकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् । फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर