Aamsanchar

बाटो खन्ने क्रममा ढुङ्गाले लागेर १ जनाको मृत्यु

Author Image
सोमवार, असार २७, २०७९

ताप्लेजुङ- ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आगेपामा स्काईभेटरले बाटो खन्ने क्रममा सडक मुनी खसेको ढूङगाले लागेर १ जना पैदल यात्रीको मृत्यु भएको छ । आईतवार दिउँसो उक्त स्थानमा सडक खनिरहेको र खनेको ढुङ्गा माटोलाई सडक भन्दा तल फाल्ने क्रममा सोही फालेको ढुङ्गाले लागेर पैदल हिडिरहेका सिदिङवा गाउँपालिका-३ भञ्याङका २२ बर्षीय गंगाराम कडरियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर