Aamsanchar

विराटनगरमा मोटरसाइकलले ठक्कर दिदा एक जनाको मृत्यु, एक जना घाईते

Author Image
सोमवार, असार २७, २०७९

मोरङ। मोरङको बिराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार राती १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १–०२–०४९ प ६२५८ नम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार बिराटनगर–१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 482

प्रतिक्रिया (०)

सम्बन्धित खबर