Aamsanchar

स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल बाहिरियो

Author Image
मङ्गलवार, असार २८, २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हार ब्यहोरेको छ ।

स्कटल्याण्डको काम्बस्डुन न्यु ग्राउन्डमा सोमबार भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो । नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे ।

करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए । रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा पेभिलियन फर्किए । नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए । हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ ।

नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । सिरिज अन्तर्गत अब नेपालले दोस्रो खेल आयोजक स्कटल्याण्डविरुद्ध बुधबार, तेस्रो खेल नामिबियाविरुद्ध शनिबार र अन्तिम खेल स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर