Aamsanchar

कक्षाकोठामै शिक्षकले काटिदिए विद्यार्थीकाे कपाल, भिडियो सामाजिक सञ्जालमा भाइरल

Author Image
मङ्गलवार, असार २८, २०७९

जुम्ला – जुम्लाको एक विद्यालयमा विद्यार्थीहरुले लामो समयसम्म कपाल नकाटेको भन्दै सजाय स्वरुप शिक्षकले कक्षा कोठामै कपाल काटिदिएका छन् । जुम्लाको तिला गाउँपालिका ८ मा पर्ने देउराली माध्यामिक विद्यालयमा कक्षाकाेठाभित्रै  चार जना विद्यार्थीकाे कपाल काटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

विद्यालयका प्रधानाध्यापक रामभजन यादव स्वयंले विद्यार्थीकाे कपाल काटेको भिडियो विद्यालय आफैले पोष्ट गरेको थियो । प्रधानाध्यापक यादवले विद्यार्थीलाई कपाल नकाटेको भन्दै सजाय स्वरुप कक्षाकोठामा कपाल काटिएको बताउनुभयो । विद्यालयले अनुशासन पालना गराउनका लागि कक्षा कोठामै कपाल काटिदिएको प्रधानाध्यापक यादवकाे भनाइ छ ।

कक्षा कोठाभित्र कपाल काटिरहेको भिडियोमा एक अर्का शिक्षकले पनि बाेलिरहेकाे सुनिन्छ । उनले त्यहाँ बिचैमा टाटेपाटे बनाइदिनुपर्छ भनिरहेका छन् । विद्यालयका एक विद्यार्थीले कपाल काट्न भने अटेरी गरेको देखिन्छ । ४ जनाको कपाल कक्षाकोठाभित्रै काटिएको छ भने एक जनाले नमानेपछि कक्षा कोठाबाट निष्कासन गरिएको छ ।

तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झुनमाया खत्रीले यस भिडियोबारे आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले कक्षा कोठामा कपाल काटेर सामाजिक सञ्जालमा राख्ने काम राम्रो नभएको र हेरेर प्रतिक्रिया दिने बताउनुभयो । यस्तै मनोसामाजिक विमर्शकर्ता नन्दराज धिताल याे घटनाले बालबालिकाको मनमा हिनतावोध पैदा गर्ने डर हुने बताउनु हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)