Aamsanchar

छुरा प्रहारबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न बालक पक्राउ

Author Image
मङ्गलवार, असार २८, २०७९


सुनसरी- सुनसरीको रामधुनी नगरपालिका-६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाईते बनाएका थिए ।  ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटिएर घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो । घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर