Aamsanchar

काँकरभिट्टाबाट धरान जाँदै गरेकाे बसमा २ लाखकाे कपडा बरामत, एक जना पक्राउ

Author Image
मङ्गलवार, असार २८, २०७९

झापा- झापाको कमल गाउँपालिका-३ स्थितबाट प्रहरीले अवैध कपडा बरामद गरेको छ । आज बिहान साढे ११ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आर आरआईटी समुह र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले झापाको काँकरभिट्टाबाट धरान तर्फ जाँदै गरेको को१ख ६४३३ नम्वरको यात्रु वाहक बसको डिकीमा अवैधरुपमा लुकाई राखेको साडी, कुर्ता, कुसन कपडा सटिङ, सुटिङ लगायत बिभिन्न प्रकारका अन्दाजी २ लाख मुल्य बरावरको लत्ता कपडाहरु प्रहरीले बरामद गरेको हो । अबैध कपडा संगै ओसार पसारमा संग्लग्न मोरङ उर्लावारीकी ५० बर्षीया तारा रिजालाई समेत पक्राउ गरेको हो । बरामद भएको समान र मानिस आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर