Aamsanchar

श्रीमतीकै नक्कली फेसबुक अकाउन्ट बनाएर अश्लील फोटो पोस्ट गर्ने पक्राउ

Author Image
मङ्गलवार, असार २८, २०७९

काठमाण्डाै – श्रीमतीकै नक्कली फेसबुक अकाउन्ट बनाएर अश्लील क्याप्शनसहितको फोटो पोस्ट गर्ने एक जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका क्रममा ओमानमा रहेकी श्रीमतीको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर फोटो दुरुपयोग गरेर फोटोमा अश्लील क्याप्शन लेख्ने रुपन्देहीको सैनामैना ४ मुर्गियाका जीवन दमाईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । उनीमाथि विद्युतीय कारोबार ऐनअनुसारको कारबाहीका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तै चार जना नाबालिकाको फोटो प्रयोग गरेर नक्कली फेसबुक अकाउन्ट बनाएर दुरुपयोग गर्ने सिन्धुलीको घ्याङलेक घर भइ काठमाण्डौ बस्ने राजेश विक पनि पक्राउ परेका छन् । उनले बालिकाको नक्कली अकाउन्ट बनाएर अश्लील शब्द प्रयोग गरेर नाबालिकाका आफन्त र साथीलाई सन्देश पठाउने तथा चरित्रहत्या हुने खालका गतिविधि गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर