Aamsanchar

आजको मौसम, देशको धेरै ठाउँमा भिषण बर्षा हुने

Author Image
बुधवार, असार २९, २०७९

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसमबारे जानकारी दिएको छ। जसअनुसार आज देशका बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षा हुनेछ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको कारण वर्षा हुने भएको हो। यतिबेला बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानहरूमा भीषण वर्षाको पनि सम्भावना छ।

आज राति देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 379

प्रतिक्रिया (०)

सम्बन्धित खबर