Aamsanchar

आजको राशिफल (२०७९ असार ३० गते बिहिबार)

Author Image
बिहिवार, असार ३०, २०७९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
हुनसक्छ, सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रूचिअनुसार व्यवहार गर्ने समय छ । पठनपाठनका अतिरिक्त क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, अध्ययन÷अध्यापनप्रति जाँगर बढ्ने समय छ । वंश, कुल र पितृपक्षका विषयमा आकर्षण बढ्ने दिन हो, कार्यक्षेत्रमा वरिष्ठ कर्मचारीलाई र घरमा मान्यजनलाई सेवाचाकरी गरी प्रसन्न तुल्याउन सकिन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश÷परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ । लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी गर्न पाउनु भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ । आज ७५ प्रतिशत भाग्यबल रहेको दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ, कार्यक्षेत्रमा सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । काममा भन्दा पनि मन आनन्दप्राप्तिका निमित्त आकर्षित हुनेछ, सुखभोग गर्न पाइने छ । आज घर÷परिवारमा रमाउने समय हो । पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूणर् काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
पतिपत्नीका बीचमा सम्बन्ध÷सम्पर्क बढ्ने समय छ । साझेदारीको कुनै काम छ भने असमझदारी बढ्नसक्छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ । तर ससाना कुरामा पनि बहस र विवाद हुनसक्ने समय भएकाले भरिसक्य कम बोलेको जाती हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ, जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ । तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने दिन हो, भावना र इच्छाहरूको कदर हुने समय छ । नयाँ अनुभव वा ज्ञानप्राप्तिका लागि राम्रो दिन छ । अध्ययनप्रति गम्भीर भइने छ, परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्ने समय हो । मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । आज ५५ प्रतिशत भाग्यबल रहेको दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
घरिघरि मन अशान्त भए झैं लाग्नेछ, तर एक्लै बसेर घोरिनुभन्दा तामेलीमा परेका विषयवस्तुमा ध्यानकेन्द्रित गर्नाले केही फाइदा हुनसक्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । नयाँ ज्ञान वा कुनै सीप सिक्न दिलचस्पी जाग्नेछ । घरमा सम्पर्क गरी भाइबहिनी वा छोराछोरीका कुरा सुनिदिनु राम्रो हुन्छ । आज १५ प्रतिशत भाग्यबल रहेको दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
पुराना सँगीसाथी वा आत्मीयजनहरूसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न गरिने समय हो, उता पारिवारिक माहौल र आर्थिक पक्ष सुदृढ देखिन्छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइ÷लेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुनसक्छ । साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ, अथवा लामो वा छोटो कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी नाम चम्काउने समय छ । धन भए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने दिन हो । मौखिक अभिव्यक्ति, कला र सिर्जनाका कामबाट ख्याति बढ्नेछ, रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमा कार्य सम्पादनमा सघाउ पुग्नेछ, आन्तरिक प्रतिभा र क्षमताको प्रदर्शन गरेर धन, मान र प्रतिष्ठा कमाउन सकिने छ । आज ८५ प्रतिशत भाग्यबल रहेको दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पार्टनरबाट तपाईंको भावना बुझी कार्य गर्ने प्रयास हुनेछ । एकान्तमा रमाउन पाउँदा सन्तोषको आभास हुनेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन हो । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने राम्रो समय छ, आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो । दौडधूप गर्नुपर्ने काम, ढुवानी÷यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ हुनेछ । आज १५ प्रतिशत भाग्यबल रहेको दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको काम गर्नु छ भने अथवा कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने आजको प्रयास राम्रो हुन्छ । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुन महत्त्वपूणर् काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 781

प्रतिक्रिया (०)

सम्बन्धित खबर