Aamsanchar

भिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गर्दै धरानमा आन्दोलन

Author Image
बिहिवार, असार ३०, २०७९

धरान – भिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गर्दै धरानमा आन्दोलन सुरु भएको छ।

सुकुम्बासीहरुको सस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले देशमा आर्थिक संकट परेको भन्दै भिआइपीहरुको सेवासुबिधा खारेजीको माग राखेर आन्दोलन सुरुभएको छ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा धरानका भुमिहिन सुकुम्बासीले देशलाई आर्थिक संकटबाट बचाउन बिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गरेका छन।

भिआइपीहरुको सेवा सुबिधा खारेज गर, देशलाइ माया गर केखेका ब्यानर र प्लेकार्ड बिकेका सुकुम्बासीहरुले धरानको भानुचोकमा धर्ना दिएर बिरोध जनाएका छन।

समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकट्ले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरुलाइ दिदै आएको सेवा सुबिधा खारेज गर्नु पर्ने बताए।

भिआइपीलाइ दिएको सेवा सुबिधा खारेज गरिए देश आर्थिक संकट बाट जोगिने उनको भनाइ छ। कार्कीले देअहलाइ माया गर्ने भिआइपी सुबिधा लिनेहरुलाइ तत्काल आफुले लिदै आएको सुबिधा सरकारलाइ फिर्ता गर्न पनि अनुरोध गरेका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर