Aamsanchar

एकैदिन थप २६० जनामा कोभिड संक्रमण

Author Image
बिहिवार, असार ३०, २०७९

काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर २६० जना कोभिड १९ संक्रमित थपिएका छन् ।

तीनहजार ८४४ वटा नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार १७१ पुगेको छ ।

आज ७२ हजार ३२० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 388

प्रतिक्रिया (०)

सम्बन्धित खबर