Aamsanchar

विराटनगर महानगरले लिने गरेको दोहोरो करको कवाडी व्यवसायद्वारा विरोध

Author Image
बिहिवार, असार ३०, २०७९

विराटनगनर – कवाडी व्यवसायले विराटनगर महानगरपालिकाले लिने गरेको दोहोरो करको विरोध  गरेका छन् ।

स्थानीय  सरकारलाई व्यवसाय कर ,बाणिज्य कर ,प्यान, भ्याटसहित सरसफाइ कर बुझाउँदै आएका बेला महानगरले ठेन्डर आह्वान गरेर दोहरो कर  लिने नीति बनाएको भन्दै कवाडी  व्यवसायहरुले विरोध गरेका हुन् ।
विराटनगरमा बिहीबार  पत्रकार सम्मेलनको आयोजना गरेर कवाडी व्यवसाय संघ दोहोरो कर लिने महानगरको नीति नसचिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महानगरपालिकाले लगाएको आन्तरिक कवाडी करको दायरामा आइ ठेकेदारलाई कर  तिर्दा  व्यापार नै चोपट भएको भन्दै  कवाडी व्यवसायहरुको  आरोप छ ।

गत वर्ष विराटनगर महानगरपालिकाले आन्तरिक कवाडी कर ३२ लाखको टेन्डर लगाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै खारजीको माग गरिरहेको बेला महानगर फेरि ७५ लाखको ठेक्का आव्हान गरेपछि कवाडी व्यवसाय आन्दोलित भएका हुन् ।

३२ लाखको टेन्डर गर्दा प्रति गाडी ७ हजार आम्दानी हुने व्यवसायलाई प्रत्येक गाडी १६ हजार ५  सय बुझाउनुपर्ने अवस्थाले घाटा व्यहोर्नु परेको संघका सचिव सन्तोष साहले बताए । उनका अनुसार महानगरपालिकाले वार्षिक रुपमा व्यवसायको वर्गीकरण गरेर कर असुली गरेकाले आन्तरिक कवाडी कर लगाएर व्यवसाय नै घरासयी बनाउन लागेको हो । असार ३ गतेको पत्रिकामा महानगरले ७५ लाखको आन्तरिक कवाडी कर लगाउने नीति व्यवसायमारा भएकाले तत्काल रोक्नु पर्ने संघका अध्यक्ष नुरुल मियाले बताए ।

महानगरपालिकालाई सफा राख्ने महत्वपूर्ण भूमिका खेलेको कवाडी व्यवसाय प्रोत्साहन गर्नुपर्ने साटो महानगरले खराब नियतले धरायसी बनाउन लागेको उनले आरोप लगाए ।

निर्वाचनको बेला कवाडी व्यवसायलाई लाग्ने कर मिनहा गर्ने मेयर नागेश कोईरालाले प्रतिवद्धता गरेपनि निर्वाचित भएपछि थप कर लगाउन लागेकोप्रति व्यवसायहरु आक्रोशित बनेका छन् ।

अध्यक्ष मियाले घरदेखि व्यवसायबाट खोजेर किनेर ल्याएको कवाडीलाई प्रशोधन गरेर फेरि उद्योगसम्म पुर्‍याउने व्यवासयमाथि कर थुपार्नु लज्जास्पद भएको उनले बताए ।

तत्काल महानगर आन्तरिक कर लिने प्रावधान खारिज नगरे आइतवबारदेखि चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने चेतावनी समेत उनले दिए ।

कवाडी व्यवसायले विराटनगर महानगरपालिकामा प्लाष्टिक जन्य पदार्थमा एक रुपैयाँ १३ पैंसा ,स्टिलमा ५० पैसा र सिसाजन्य पदार्थमा प्रति बोतल  १ भ्याटसहित कर तिर्ने गरेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर